पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
तानसेन । पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उनका अनुसार भट्टराईको आफ्नै घरबाट ३०० मिटर पूर्वतर्फ बारीमा रहेको साँजको घाँस काटिरहेका बेला अचानक रुखबाट खसेर मृत्यु हो । प्रनाउ मल्लका अनुसार भट्टराई रुखबाट खसेको स्थानीयले जानकारी गराएलगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा मृत्यु भएको पाइएको छ ।
बिहानै घरबाट घाँस काट्न निस्किएका भट्टराई अबेरसम्म घर नआएपछि परिवार र छिमेकीले खोजी गर्दा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण तिमिल्सेनाले जानकारी दिए । अहिले उनको शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै माछा मार्ने क्रममा ढुङ्गाले च्यापिएर तिनाउ गाउँपालिका–५ चर्चरका लालबहादुर रास्कोटीका १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा आज दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । कालीमाटीस्थित डुम्रे खोलामा माछा मार्न गएका रास्कोटीलाई ढुङ्गाले च्यापेको थियो ।
प्रहरी चौकी प्रभासबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकामा उपचारको क्रममा मृत्यु भएको मल्लले बताए । दुईवटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण