ललितपुरस्थित कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा, ८ जना पक्राउ

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको कर्मनाशा खोला किनार आफ्नो नाममा ल्याएर बेचबिखन गरेको भेटिएको छ ।
कागजात किर्ते गरेर ५ आना जग्गालाई बढाएर १ रोपनी १५ आना बढी कायम गरेर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
कर्मनाशाले धार परिवर्तन गरेपछिको बगर उनीहरूले नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर आफ्नो नाममा ल्याएका हुन् । जग्गा सुरुमा ठेचो घर भएकी सुजिता खड्काको नाममा आएको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए । खड्काले सो जग्गा पछि बेचबिखन गरेको भेटिएको छ ।
जग्गा किर्ते गरेको आरोपमा पक्राउ पर्नेमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन छन् । नेपालको एकमात्र उत्तर तर्फ बग्ने खोला कर्मनाशाको बगर व्यक्तिको नाममा लिनेहरू लाई १० दिनअघि पक्राउ गरेर ललितपुर प्रहरीले किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गा थियो । भुमाफियाहरुले नापी कार्यालयर र मालपोतमा ‘सेटिङ’ मिलाएर बढ क्षेत्रफल कायम गरेर ४ रोपनी ४ आना बनाए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सो मध्येबाट २०६८ वैशाखमा ५ आना कित्ताकाट गरेर सुजिताको नाममा गएको थियो । सो त्यो ५ आना जग्गाको लालपुर्जामा उल्लेखित जग्गाको क्षेत्रफलमा रोपनीतर्फ जिरो भएका ठाउँमा १ थपेर १ रोपनी ५ आना कायम गरेको पाइएको छ ।
अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘सो जग्गालाई फेरी कित्ताकाट गरेर २ आना दुई पैसा सुजिताकै नाममा राखेर राधेश्यामको नाममा १ रोपनी १२ आना २ पैसा पास गरेको देखिन्छ ।’
पहिलेको १ रोपनी ५ आनालाई कित्ताकाट गर्नेबेला फेरी बढाएर १० आना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र