अखिल नेपाल खेलकुद महासंघको निर्णयः प्रचण्ड कप राष्ट्रिय भलिबलदेखि पूर्वजनमुक्ती सेना राष्ट्रिय फुटबल आयोजनासम्म
काठमाडौँ । अखिल नेपाल खेलकुद महासंघले वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको १०औँ संस्करण निर्धारित समयमै आयोजना गर्न माग गरेको छ । महासंघले आगामी वर्ष प्रचण्ड कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ आयोजना गर्ने निर्णय पनि गरेको छ ।
अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । गणतन्त्र दिवसको अवसर पारेर प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी महासंघका महासचिव अन्जन धमलाले दिए ।
प्रचण्ड नेतृत्वको सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । प्रचण्ड नेतृत्वको तात्कालीन सरकारले २०७४ साल जेठ ९ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो ।
‘त्यसैले जेठमै भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ धमलाले भने । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बसेको महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले २०८२ साल मंसिर ८ गते पूर्वजनमुक्ती सेना राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ ।
महासंघको राष्ट्रिय सम्मेलन भने आगामी असार ६ र ७ गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ । महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्य एसियन मार्सल आर्टस गेम्स तथा खेलकुद महोत्सव पनि आयोजना गर्ने भएको छ । मार्सल आर्टस गेम्स आगामी जेठ २ र ३ गते आयोजना गरिने महासंघले जनाएको छ ।
यसैगरी, महासंघले सरकारले बजेट कटौती गरेका कारण १०औँ राष्ट्रिय खेलकुद अन्यौलमा परेको आरोप पनि लगाएको छ । महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुदको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउन मद्दत पुग्ने गरी काम गर्न महासंघ प्रतिबद्ध रहेको बताए ।
खेलकुद महासंघका इन्चार्ज दीपक कोइराला ‘रूपक’ ले परम्परागत शैलीको प्रतिस्पर्धाभन्दा पनि खेलकुदको व्यावसायीकरण गर्दै समग्र नेपाली खेलकुदलाई नै माथि उठाउनु आजको आवश्यक्ता रहेको धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण