जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्तामाथि प्रहरीले गरेको कुटपिट तथा धरपकडप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी विज्ञप्तिमा माजिद अन्सारी, मोनिका निरौला, रिया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कुटपिट तथा धरपकड गरेको उल्लेख गर्दै उक्त घटनामा माजिद अन्सारी घाइते भएको खबरले पार्टी स्तब्ध भएको जनाइएको छ ।
विज्ञप्तिमा लोकतान्त्रिक अधिकारको खोजीमा रहेका नागरिक तथा युवामाथि भएको दमन तत्काल रोक्न माग गरिएको छ । साथै घाइतेहरूको उचित उपचार गर्न र पक्राउ परेका युवाहरूलाई बिना सर्त रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।
प्रलोपाले लोकतान्त्रिक अधिकारको सम्मान गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सरकारसँग आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण