१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुमबासीको बिचल्ली
काठमाडौँ । आज मिति २०८३ साल असार महिनाको २७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ ।
१. होल्डिङ सेन्टरका सुकुमबासीको अवस्थाप्रति चिन्ता
विभिन्न राजनीतिक दलहरुले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासी परिवार अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । नेकपा एमाले, नेकपा, नेपाली कांग्रेस लगायतका दलहरुले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासी परिवारको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुमबासी परिवारको बिचल्ली भएको छ । उनीहरुलाई अहिले कीर्तिपुरको स्मृति भवनमा राखिएको छ ।
२. आत्मदाहको प्रयास गरेका राउतको निधन
काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
३.शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेता डा.प्रकाशशरण महत र अर्का नेता डा.शेखर कोइरालालाई भेट्न विराटनगर पुगेका छन्। शनिबार विराटनगरमा रहेका डा. कोइरालालाई कोइराला निवासमा पुगेर डा.महतले भेटेका हुन्।
४. बझाङमा जिप दुर्घटना, ३ जनाको मृत्यु
बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।
५. सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
चक्रपथअन्तर्गत पर्ने आकाशे पुल र जेब्रा क्रसिङको निर्माण कार्य समयमै पूरा नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
६. शनिबार विशेष
७. मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
विगतमा सरकारले गठन गरेका आयोग र ल्याएका कानुनी व्यवस्थाहरू अपूर्ण भएको र समस्या समाधान नभएको भन्दै देशभरका मिटरब्याज पीडितहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् ।
८. मधेसमा लागुऔषधको दलदल
मधेस प्रदेशमा खुला सीमा र फितलो निगरानीका कारण लागुऔषधको ओसारपसार र दुर्व्यसन बढ्दै गएको छ, जसले युवा पुस्तालाई जोखिममा पारेको छ।
९. फिफा विश्वकप २०२६
१०. निर्माण आयोजनाको लापरबाही, उडान सुरक्षामाथि खतरा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेको निर्माण आयोजनाको लापरबाहीका कारण उडान सुरक्षामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण