लम्बियो कर्फ्यु, यस्तो छ प्रशासनको पछिल्लो सूचना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश लम्ब्याएको छ । प्रशासनको पछिल्लो सूचनाअनुसार कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लागू गरिएको हो ।
यसअघि प्रशासनले आज राति १० बजेसम्म कर्फ्यु लागू गरेकोमा स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको बताइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ, ‘अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यू आदेशको निरन्तरता स्वरुप मिति २०८१।१२।१५ गते रातीको १० बजेदेखि मिति २०८१।१२।१६ गते विहान ७ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।’
शुक्रबार व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै प्रशासनले अपराह्न ४ः२५देखि कर्फ्यु आदेश जारी गरेको हो ।
यी हुन् कर्फ्यु लाग्ने स्थान
- बानेश्वर तिनकुने क्षेत्र
- गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुदै कोटेश्वर,
- कोटेश्वरदेखी जडिबुटी पुल,
- कोटेश्वरबाट बालकुमारी पुलसम्म,
- बानेश्वर चोकदेखि शंखमुल पुलसम्म,
- गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे