पत्रकार हत्याको विरोधमा सर्लाहीमा प्रदर्शन
सर्लाही । समाचार संकलनका क्रममा पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणको विरोधमा सर्लाहीका पत्रकारले आज सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकार विरोध र्यालीमा सहभागी भई कोण सभामा उपस्थित भएका थिए ।
संघीय राजधानी काठमाडौँको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा आगजनी हुँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। त्यस्तै, आन्दोलनकारीहरूले विभिन्न सञ्चारमाध्यममाथि आक्रमण गरेका थिए । सो घटनाको विरोधमा नेपालभरका पत्रकारहरू आन्दोलित भएका छन् ।
सर्लाहीमा भएको विरोध र्याली शहीद चोकबाट सुरु भई नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभामा परिणत भएको थियो । पत्रकारहरूले ‘दोषीलाई कारबाही गर’, ‘सञ्चारमाध्यममाथि आक्रमण बन्द गर’ ‘प्रेस स्वतन्त्रता जिन्दावाद,’ ‘पत्रकार कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।
कोणसभामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पूर्वअध्यक्ष शङ्कर श्रेष्ठ र नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले सम्बोधन गर्दै जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे । साथै संविधानअनुसार पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न सरकारलाई दबाब दिने चेतावनी दिए ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आज महासंघको स्थापना दिवस प्रभातफेरि तथा पत्रकारहरूको स्वास्थ्य परीक्षण गरेर मनाउने योजना बनाएको थियो । तर, हिजोको घटनापछि विरोध र्याली र कोण सभा आयोजना गर्नुपरेको महासंघका अध्यक्ष ठाकुरले बताए ।
उनले पत्रकार सुरेश रजकका परिवारलाई उचित राहत प्रदान गर्न, घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था गर्न र सञ्चारगृहमाथि आक्रमण गर्ने दोषीलाई पहिचान गरी कारवाही अघि नबढाए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण