गायक शर्माको टिप्पणीः हिजोको गतिविधि हेर्दा त जनता नै फेर्नुपर्ने देखियो
शनिबार, १६ चैत २०८१, १८ : ५९
काठमाडौँ । द स्याडोज ब्यान्ड र 'स्वर'का गायक स्वप्निल शर्माले शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनबारे सानो टिप्पणी गरेका छन् ।
शनिबार दिउँसो सामाजिक सञ्जालमा उनले छोटो एक लाइन लेखेका छन्, 'हिजोको गतिविधि हेर्दा त जनता नै फेर्नुपर्ने देखियो त ।' दिउँसो करिब ४ बजेतिर उनले उक्त स्टाटस राखेका हुन्, जहाँ अधिकांशले कमेन्ट गरेका छन् ।
शुक्रबार दिउँसो राजवादीहरूको प्रदर्शनका कारण दुई जनाको अनाहकमा मृत्यु भएको थियो भने करोडौँको सम्पत्तिको क्षति भएको थियो । साथै कैयौँ घाइते भएका थिए। हिंसात्मक बनेको उक्त प्रदर्शनपछि धेरैले राजावादीहरूको यस्तो कार्यको खुलेर आलोचना गर्न थालेका छन्। यसै क्रममा गायक शर्माले पनि व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण