मनिष रञ्जनको नयाँ भजन सार्वजनिक
आइतबार, १७ चैत २०८१, ०७ : ०९
काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । 'आएका एक्लै हौँ हेर्न जगत्' बोलको भजन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भजनमा जीवन खतिवडाको शब्द रहेको छ भने गायक स्वयंले सङ्गीत भरेका छन् । भजनमा राजन कार्कीले एरेन्ज गरेका हुन् ।
दर्जनौँ भजनहरू रेकर्ड गराइसकेका बरालको यसअघि 'कहाँ होला वैकुण्ठ भन्ने ठाउँ'लाई दर्शकले रुचाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण