आज २५ अर्बको तरलता खिच्दै राष्ट्र बैंक
आइतबार, १७ चैत २०८१, १० : ४१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता समस्या समाधान गर्न निक्षेप संकलन बोलकबोलमार्फत २१ दिन अवधिको सो बराबरको तरलता खिच्न लागिएको हो ।
यसका लागि आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बैंकले जनाएको छ । उक्त निक्षेप संकलनको आजै निष्कासन हुने समेत बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको साँवा ब्याज आगामी बैशाख ७ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बंँक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित