आज २५ अर्बको तरलता खिच्दै राष्ट्र बैंक
आइतबार, १७ चैत २०८१, १० : ४१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता समस्या समाधान गर्न निक्षेप संकलन बोलकबोलमार्फत २१ दिन अवधिको सो बराबरको तरलता खिच्न लागिएको हो ।
यसका लागि आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बैंकले जनाएको छ । उक्त निक्षेप संकलनको आजै निष्कासन हुने समेत बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको साँवा ब्याज आगामी बैशाख ७ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बंँक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण