तीनकुने घटनाबारे प्रहरीद्वारा सूचना उपलब्ध गराउन अनुरोध
आइतबार, १७ चैत २०८१, १४ : १६
काठमाडौँ । नेपाल प्रहरीले तीनकुने घटनाबारे तथ्यपरक सूचना उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै तोडफोड, आगजनी, लुटपाट एवम् अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण सङ्कलनका लागि तथ्यपरक सूचना उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको हो ।
त्यसका लागि फोटो, भिडियो तथा संलग्न व्यक्तिहरूको विवरण उपलब्ध गराउन सकिने र त्यस्ता सूचना दिनेहरूको गोपनीयता कायम रहने प्रहरीले स्पष्ट गरेको छ ।
शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो भने अराजक भीड तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको थियो । उक्त घटनामा १०० भन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण