तीनकुने घटनाबारे प्रहरीद्वारा सूचना उपलब्ध गराउन अनुरोध
आइतबार, १७ चैत २०८१, १४ : १६
_zaRmrsk0VB.jpg)
काठमाडौँ । नेपाल प्रहरीले तीनकुने घटनाबारे तथ्यपरक सूचना उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै तोडफोड, आगजनी, लुटपाट एवम् अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण सङ्कलनका लागि तथ्यपरक सूचना उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको हो ।
त्यसका लागि फोटो, भिडियो तथा संलग्न व्यक्तिहरूको विवरण उपलब्ध गराउन सकिने र त्यस्ता सूचना दिनेहरूको गोपनीयता कायम रहने प्रहरीले स्पष्ट गरेको छ ।
शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो भने अराजक भीड तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको थियो । उक्त घटनामा १०० भन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा. खगेन्द्र सुवेदी सचिवमा बढुवा
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज
-
फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड