राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजतन्त्र फर्काउन खोज्नु मशान घाटबाट मुर्दा व्युँत्याउन गरिएको कोशिसजस्तै रहेको टिप्पणी गरेका छन् ।
मन्त्री पौडेलले अब नेपालमा कहिल्यै पनि राजतन्त्र फर्काउन नसकिने बताउँदै राजतन्त्रवादीहरु हिंसा, आतङ्क, लुटपाटको पक्षमा र नेपाली जनताको मौलिक हककोविरुद्धमा छन् भन्ने कुरा गत शुक्रबारको घटनाबाट पुष्टि भएको बताए ।
उनले अब कहिल्यै पनि राजतन्त्रवादीहरुले शीर उठाउन नसक्ने गरेर लोकतान्त्रिक गणतन्त्रका पक्षधरले परिष्कृत गरेर अगाडि बढाउन जरुरी रहेको धारणा राखे । पौडेलले अधिनायकवाद, निरङ्कुशता, हिंसा, आतङ्क र प्रतिगमनका पक्षधरलाई कहिल्यै पनि शीर उठाउन नसक्नेगरी परास्त गर्न र उनीहरुलाई किनारा लगाउन गणतन्त्रका पक्षधरहरु एकजुट हुनपर्ने जिकिर गरे ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने बताए ।
उनले राजाको निरंकुश शासनको बारेमा थाहा नभएकाहरु भ्रममा बस्न नहुने भन्दै राजाहरुलाई प्रश्न गर्न नपाईने इतिहास स्मरण गराउँदै लोकतन्त्रमा गल्ती गर्दा सबैमाथि कारबाही हुने र शुक्रबारको घटनामा संलग्नलाई कारवाही गरेरै छाड्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण