मैत्रीपूर्ण फुटबलमा सेना विजयी
काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ । सेनाले रक्षा समाचारदाताको टोलीलाई ९–८ गोलअन्तरले पराजित गरेको हो ।
जनसम्पर्क तथा सूचना निर्देशनालयको २३ औँ स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । निर्धारित समयमा दुवै टोलीले ४–४ गोलको बराबरी खेल खेलेपछि पेनाल्टीमार्फत खेलको निर्णय गरिएको थियो । पेनाल्टीमा सेनाको टोलीले पाँच र रक्षा समाचारदाताको टोलीले चार गोल गरेको थियो । यसअघि रक्षा समाचारदाताको तर्फबाट शिशिर बस्नेत एक्लैले चार गोल गरेका थिए ।
यसअघि सैनिक तालिम महानिर्देशक ध्रुवप्रकाश शाहले रेफ्रिलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । प्रतियोगितामा सेनाका तर्फबाट प्रवक्ता गौरवकुमार केसी र समाचारदाताका तर्फबाट उजिर कार्कीले कप्तानको जिम्मेवारी निभाएका थिए ।
विगत चार वर्षदेखि निर्देशनालयको स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल आयोजना गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण