त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
काठमाडौं । त्रिचन्द्र क्ब्याम्पसमा भोलीका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । त्यसको पूर्वसन्ध्यामा सर्वदलीय छलफल चलिरहेको थियो । छलफलमा स्ववियु अध्यक्षका लागि उम्मेद्वारी दिएका विद्यार्थी संगठनका उम्मेद्वार तथा प्रतिनिधिहरू सहभागी थिए ।
निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न विद्यार्थी संगठनहरूको प्रतिबद्धतासहितको छलफल थियो । निर्वाचन अधिकृत डाक्टर अङ्गदमणि गौतमले निर्वाचनको प्रकृया पूरा भएको र भोलीको मतदानको लागि तयारी सबै सकिएको जानकारी गराएका थिए ।
त्यही बेला नेविसंघबाट बागी उम्मेद्वारी दिएका श्रीधर श्रेष्ठ र विवेक बानियाँले निर्वाचन अधिकृतमाथि कालोमोसो प्रहार गरे ।
बानियाँ र श्रेष्ठ जसरी पनि निर्वाचन रोक्नुपर्ने धारणासहित बैठकमा सहभागी भएका थिए । उनीहरूले कुनैपनि प्रकृयामा आफुहरूलाई सहभागी नगराइएको भन्दै आपत्ति जनाए । यस्तो पाराले निर्वाचन हुननसक्ने बताउँदै दुवै जना बाहिरिए ।
केहीबेरपछि पुनः निर्वाचन समितिको कार्यालयमा पुगेका उनीहरूले परैबाट निर्वाचन अधिकृत गौतममाथि मसी प्रहार गरेका थिए । त्रिचन्द्रमा विवादका कारण यसअघि तीन पटकसम्म स्ववियु निर्वाचन स्थगित भएको थियो । निर्वाचन रोक्ने मानसिकताका साथ आएका बानियाँ र श्रेष्ठले निर्वाचन अधिकृत गौतमाथि अपशब्द बोल्दै मसी प्रहार गरेको बैठकमा सहभागी एक नेताले बताए ।
बानियाँले त्रिचन्द्र स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको नामबाट उम्मेद्वारी दिएका थिए । श्रेष्ठले नेविसंघबाटै उम्मेद्वारी दर्ता गराएका थिए । नेविसंघबाटै दुई प्यानलको उम्मेद्वारी परेपछि निर्वाचन अधिकृतले नेविसंघको केन्द्रीय समितिलाई आधिकारिताबारे सोधेको थियो । नेविसंघ केन्द्रबाट गोविन्द कोइराला अधिकारिक उम्मेद्वार रहेको जानकारी गराएको थियो । त्यसपछि श्रेष्ठको उम्मेद्वारी स्वतः स्वतन्त्रमा परिणत भएको थियो ।
त्यसपछि दुवैजना जसरी पनि निर्वाचन रोक्नुपर्छ भनेर लागेको निर्वाचन समितिको दाबी छ । छलफलको क्रममा निर्वाचन अधिकृत गौतमले भोलीको निर्वाचन रोकिएको खण्डमा दुई वर्षसम्म निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचन रोक्नुपर्ने आधारमा माग गरेका थिए ।
त्यही बेला बाहिरिएका उनीहरू दुवै जना पुनः आएर मसी छ्यापेको ति नेताले बताए । मसी छ्याप्ने श्रेष्ठले आफुहरूलाई कुनै पनि छलफलमा सहभागी नगराउने गरेपछि आजको घटना हुन पुगेको बताए ।
‘हरेक पटकका सर्वदलीय बैठकमा हामीलाई बोलाइएन । हामी पनि उम्मेद्वार हौं । हामीलाई किन नबोलाउने भनेपछि हामीमाथि निर्वाचन भाँड्न खोजेको आरोप लगाए । त्यसपछि आजको घटना घट्न पुगेको हो,’ श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण