पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
मोरङ । पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ, मोरङ र अमेरिकाको प्रडु युनिभर्सिटी नर्थवेष्ट, इन्डियानाबिच शैक्षिक,अनुसन्धानात्मक तथा प्रशासनिक सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया र प्रडु युनिभर्सिटी नर्थवेष्टका इन्टरनेशनल प्रोग्राम एन्ड पार्टनरसिप डाइरेक्टर डा.रमेश न्यौपानेले समझदारी पत्रमा हस्ताक्षर गर्दै यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
समझदारी अनुसार, दुवै विश्वविद्यालयका फ्याकल्टी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको आदानप्रदान गर्ने, अनुसन्धान, आविष्कार, सिकाइ तथा शिक्षण विधिहरूमा सहकार्य गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने, प्रशासनिक व्यवस्थापनमा सहयोग गर्ने तथा अङ्ग्रेजी भाषा सिकाइ प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, विश्वविद्यालयको आवश्यकताअनुसार अनुसन्धानमुखी कार्यहरूमा पनि सहकार्य गरिनेछ।
प्रडु युनिभर्सिटी नर्थवेष्टका डाइरेक्टर डा.रमेश न्यौपानेले समझदारीमा उल्लेखित विषयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपाल र अमेरिकाबिच शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने योजना रहेको जानकारी गराए । उनका अनुसार, आगामी दिनमा ३ वर्ष नेपालमा र २ वर्ष अमेरिकामा अध्ययन गरी ५ वर्षमा अमेरिकी स्नातक तथा स्नातकोत्तर डिग्री प्राप्त गर्न सकिने कार्यक्रम ल्याइनेछ। त्यस्तै, १ वर्ष नेपाल र १ वर्ष अमेरिकामा अध्ययन गरी २ वर्षीय स्नातकोत्तर (मास्टर) डिग्री हासिल गर्न सकिने योजना समेत अघि सारिएको छ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा थपलियाले दुवै विश्वविद्यालयका पाठ्यक्रमहरू अध्ययन गरी क्रेडिट ट्रान्सफरको व्यवस्था मिलाइने जानकारी दिए। यस समझदारीपत्रका कारण अमेरिकी विद्यार्थी, फ्याकल्टी तथा कर्मचारी नेपाल आएर छोटो अवधिको अध्ययन, तालिम तथा अनुसन्धान गर्न सक्नेछन् भने नेपाली विद्यार्थीहरूले अमेरिका गएर सोहीअनुसारको अध्ययन अवसर प्राप्त गर्नेछन्।
हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध सञ्चालक गोपीकृष्ण न्यौपानेले यस समझदारीपत्रलाई मूर्तरूप दिन दुई विश्वविद्यालयबिचको सहकार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण