तीनकुने घटना समग्रमा आततायी र आपराधिक देखिन्छ : देव गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक गतिविधि आततायी र आपराधिक घटना शृङ्खलाको रूपमा चित्रण गरेका छन् । गुरुङले तीनकुने घटना समग्रमा हेर्दा अराजक, तोडफोड, आगजनी, हिंसात्मक, लुटपाट र मानिसलाई थुनेर आगो लगाउने जस्ता कार्य गरिएकाले आततायी भएको चित्रण गरेका हुन् ।
सभामा आयोजकबाट सुरुदेखि नै उद्दण्ड र उत्तेजक प्रस्तुति भइरहेको भए पनि सरकारी पक्षबाट शान्ति सुरक्षाका लागि आवश्यक तयारी नभएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लगाएका छन् ।
‘कार्यक्रम आयोजकहरूबाट सुरु देखि नै उद्दण्ड र उत्तेजक प्रस्तुति त भइरहेकै थियो। तर सरकारी पक्षबाट शान्ति सुरक्षाको लागि आवश्यक तयारी भएको देखिएन। सरकारी पक्षबाट तयारी नभएको मात्र होइन सरकार एक हदसम्म बेवास्ता, लापरबाही र गैरजिम्मेवार समेत भएको देखिन्छ । कतिपय सन्दर्भलाई हेर्दा सरकार पक्षबाट पनि उत्तेजक घटनाहरू भएनन् भनेर भन्न सक्ने अवस्था देखिएन। जसले गर्दा २ जनाको हताहत सहित ठुलो धन जनको क्षति भएको छ’, उनले भने ।
मुलुकमा अराजकता र द्वन्द्वकाे परिस्थिति सृजना गरेर सङ्कट काल निम्त्याउने र सैन्य परिचालनको परिस्थिति सृजना गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने, सङ्कट व्यवस्थापनको नाममा विदेशी सेना निम्त्याउने, मुलुकको सार्वभौम सुरक्षा र परराष्ट्रनीति विदेशीको हातमा सुम्पिने र नेपाललाई साम्राज्यवादी शक्ति केन्द्रहरुको सामरिक सैन्य अखडा बनाउने दिशामा सबै गतिविधिहरू प्रायोजित रूपमा भइरहेको गुरुङले लेखेका छन् । त्यसको लागि ती शक्ति केन्द्रका एजेन्सीहरू मार्फत वर्तमान हिंसात्मक घटनाहरू सञ्चालन भइरहेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण