बयान फेर्नेलाई अख्तियारले चलायो मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिएको मुद्दामा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार नेपाल सरकार वादी र धनेश्वर प्रसाई प्रतिवादी रहेको घुस/रिसवत लिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी भोजराज भट्टराईले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको विपरीत विशेष अदालतमा बकपत्र गरेका थिए।
संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ६ निवासी भोजराज भट्टराईले विशेष अदालतमा दिएको बकपत्र अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत रहेको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न आरोपपत्र दायर गरिएको हो।
उक्त आरोपपत्रमा भोजराज भट्टराईले प्रतिवादी धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुस/रिसवत दिएको पुष्टि भएको भन्दै सोही रकम बिगो कायम गरी कारबाहीको माग गरिएको छ। साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाहरू अनुरूप जरिवाना र कैद सजायको व्यवस्था हुनुपर्ने माग गरिएको छ।
आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी प्रवक्ता राजेन्द्र कुमार पौडेलले दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण