सहकारी ठगीमा पक्राउ पुर्जीपछि फरार सांसदको बिदा संसदबाट स्वीकृत
मङ्गलबार, १९ चैत २०८१, १६ : ०६
काठमाडौँ । सहकारी ठगीमा पक्राउ पुर्जी जाहेरीपछि फरार राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतको बिदा संसदबाट स्वीकृत भएको छ ।
उनीविरुद्ध नवलपरासीपूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । सांसद बस्नेतको अनुपस्थितिलाई बिदा मान्दै मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो ।
सांसद बस्नेत उपचारमा रहेका कारण निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहेको भन्दै संसद् सचिवालयलाई सूचना दिएकी थिइन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उक्त सूचना प्रस्तुत गरेका थिए । सांसद बस्नेत संसद्को हिउँदै अधिवेशनभर उपस्थित भएकी थिइनन् । तर सांसदको हैसियतले आफू अनुपस्थित सबै बैठकको तलब भत्तासमेत बुझेकी छन् ।
संसद् सचिवालयका अनुसार बस्नेत २०८१ माघ १८ गतेदेखि संसद्मा देखिएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण