गुजरातको पटका कारखाना भएको विस्फोटमा मर्नेको संख्या १८ पुग्यो
नयाँ दिल्ली । भारतको गुजरात राज्यको बनासकान्ठामा रहेको पटका कारखानामा ब्वायलर पड्किँदा मर्नेको संख्या १८ पुगेको छ । मर्ने सबै कारखानाका मजदुर भएको बताइएको छ ।
अरू ८ जान घाइतेमध्ये तीन जनाको स्थिति गम्भीर रहेको छ । यो कारखाना डीसाको धुनवा रोडमा छ । दमकलका कर्मचारीहरूले आगो नियन्त्रणमा ल्याएका छन् ।
प्रारम्भिक जानकारी अनुसार कारखानामा आगलागी ब्वायलर विस्फोटका कारण भएको थियो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । विस्फोटको समयमा कामदारहरू कारखानामा काम गरिरहेका थिए ।
अचानक भएको विस्फोटका कारण उनीहरूले भाग्ने मौका पाएनन् । विस्फोट यति भयानक थियो कि धेरै कामदारहरूको शरीरका अंग लगभग ५० मिटर टाढासम्म छरिएका थिए । कारखाना पछाडिको खेतमा केही मानव अंगहरू फेला परेको बताइएको छ । आगो नियन्त्रणमा लिएपछि, दमकलका कर्मचारीहरूले अहिले कारखानालाई चिसो पारिरहेका छन् । दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै कामदार मध्य प्रदेशका बासिन्दा हुन् ।
कारखानाबाट प्राप्त जानकारी अनुसार, उनीहरू सबै दुई दिन अघि कामको लागि यहाँ आएका थिए र पटाका बनाउने काम गरिरहेका थिए । हाल मृतकहरूको पहिचान भइरहेको छ । डीसाकी एसडीएम नेहा पञ्चालले घटनामा घाइते भएका सबैलाई सिभिल अस्पतालमा भर्ना गरिएको बताइन् ।
हाल ३ जनाको उपचार भइरहेको छ । उनीहरूको शरीरको ४० प्रतिशतभन्दा बढी हिस्सा जलेको बताइएको छ । प्रशासनले दुर्घटनाको अनुसन्धान गरिरहेको उनले बताइन् ।
पटाका बेच्ने लाइसेन्स मात्रै थियो
दीपक ट्रेडर्स नामको यो पटाका कारखाना खुबचन्द सिन्धीको हो । उनी यस कारखानामा विस्फोटक पदार्थ ल्याउँथे र पटाका बनाउँथे । तर, अहिलेसम्मको अनुसन्धानमा कम्पनी मालिकसँग पटाका बेच्ने मात्र इजाजतपत्र रहेको, उत्पादन गर्ने इजाजतपत्र नभएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण