इन्दुशङ्करले गर्यो सबै भुक्तानी चुक्ता, अन्य उद्योगहरू अझै बाँकी रकम तिर्ने प्रक्रियामा
सर्लाही । देशका प्रमुख चिनी उद्योगहरूले चालु क्रसिङ सिजन २०८१/८२ को उखु भुक्तानी प्रक्रिया अगाडि बढाएका छन्। हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई सम्पूर्ण भुक्तानी गरिसकेको जनाएको छ भने अन्य उद्योगहरू अझै बाँकी भुक्तानी प्रक्रियामा छन्।
इन्दुशङ्कर चिनी उद्योगले फागुन २९ गते क्रसिङ बन्द गरेपछि तीन हप्ताभित्रै किसानलाई एक अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ। उद्योगले यस वर्ष ३० लाख ५२ हजार ७९२ क्विन्टल उखु क्रसिङ गरेको थियो।
त्यस्तै, महालक्ष्मी चिनी उद्योगले १३ लाख ८० हजार १०४ क्विन्टल उखु क्रसिङ गरेर फागुन २१ गतेबाट बन्द भएको थियो। उद्योगले हालसम्म किसानलाई ८५ प्रतिशत भुक्तानी गरिसकेको र बाँकी ५ करोड रुपैयाँ वैशाख दोस्रो सातासम्म भुक्तानी गरिसक्ने जनाएको छ।
अन्नपूर्ण चिनी उद्योगले ९ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरेर फागुन २४ गतेबाट बन्द गरेको थियो। उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताका अनुसार करिब ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ, जसलाई सकेसम्म यही महिनाभित्र पूरा गर्ने तयारी भइरहेको छ।
चिनी उद्योगहरूले किसानलाई समयमा भुक्तानी दिने प्रतिबद्धता जनाए पनि अझै पूर्ण रूपमा भुक्तानी प्राप्त गर्न नसकेका किसानहरूले समयमै रकम पाउने आशा व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण