भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल
काठमाडौंँ । लोकप्रिय गायक रामकृष्ण ढकाल एण्ड ब्याण्डले भक्तपुरमा संगीतिक प्रस्तुति दिने भएको छ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्या पारेर भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले आयोजना गर्न लागेको कार्यक्रमको नाम ‘न्यु इयर इभ रामकृष्ण ढकाल’ राखिएको छ ।
कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहनेछ । चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राति १२ बजेसम्म चल्नेछ । रीमा विश्वकर्माले सञ्चालन गर्ने कार्यक्रममा कमेडी, साल्सा नृत्य र डीजे सेसन पनि रहनेछ । न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हलमा करिब १५ सयदेखि २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ ।
२०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नका लागि भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल ७ इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण