मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमविपरीत व्यवसाय गर्दै आएका पाँच अटो कम्पनीको बिक्री वितरण रोक्का गरेको छ ।
बुधबार अनुगमनमा गएको विभागको टोलीले ती अटो कम्पनीहरूले मूल्यसूची नराखी तथा वस्तु (सवारी,पार्टस) मा लेबल नराखी बिक्री वितरण गरेको पाइएकाले बिक्री वितरणमा रोक लगाई कागजात माग गरेको हो ।
विभागका वरिष्ठ अधिकृत अमित झाले उक्त कम्पनीहरूले सवारी तथा सवारीको पार्ट्समा एमआरपी मूल्य नराखी बिक्री गरेको पाइएकाले रोक्का गरिएको जानकारी दिए ।
उनका अनुसार बिक्री वितरण रोक्का हुनेमा काठमाडौँ वडा नम्बर ११ का एमएडब्ल्यू वृद्धि मोटर्स, काठमाडौँ-१ को पारामाउन्ट मोटर्स प्रालि, ललितपुर-१५ को ईभ नेपाल मोटर्स प्रालि रहेका छन् ।
यस्तै काठमाडौँ-११ को एमएडब्यू वृद्धि अटोक्रप प्रालि र काठमाडौँ-४ को पिस्टप इकर्पोरेट प्रालि पनि रहेका छन् ।
ललितपुर-२५ को जेएस इन्टर प्राइजेजलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । बुधबार विभागले काठमाडौँ ललितपुरमा अनुगमनका क्रममा १२ कम्पनीलाई कारबाही गरेको छ । बाँकी ६ कम्पनीलाई कागजातसहित उपस्थित हुन र सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण