ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुलको समीक्षा गर्दैछ भारत
नयाँ दिल्ली । भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिरोधात्मक अतिरिक्त भन्सार महसुलको घोषणालाई नजिकबाट नियालिरहेको र यसको प्रभावको समीक्षा गरिरहेको बताइएको छ । वाणिज्य मन्त्रालयले भारतमाथि लगाइएको २६ प्रतिशत अमेरिकी पारस्परिक भन्सार वा आयात शुल्कको प्रभावको विश्लेषण गरिरहेको छ ।
ट्रम्पले अमेरिकामा अप्रिल ५ देखि बाहिरबाट आउने सबै सामानमा १० प्रतिशतको विश्वव्यापी भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । अर्को १६ प्रतिशत अप्रिल १० देखि लागू हुनेछ । ‘यो हाम्रो लागि झट्का होइन । यसको प्रभाव धेरै हुने छैन । यसको मिश्रित प्रभाव देख्न सकिन्छ ।’ एक वरिष्ठ सरकारी अधिकारीले बिहीबार भनेका छन् ।
‘मन्त्रालयले शुल्कको प्रभावको विश्लेषण गरिरहेको छ’ ती अधिकारीले बताए । कुनै देशले अमेरिकी चासोहरूलाई सम्बोधन गर्छ वा सम्बोधन गर्ने प्रयास गर्छ भने ट्रम्प प्रशासनले त्यो देश विरुद्धको भन्सार शुल्क घटाउने बारेमा विचार गर्न सक्ने प्रावधान छ भनेर पनि उनले भनेका छन् ।
भारतले पहिले नै अमेरिकासँग द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता गरिरहेको थियो । दुवै देशले यस वर्षको शरद ऋतु (सेप्टेम्बर–अक्टोबर) सम्ममा सम्झौताको पहिलो चरणलाई अन्तिम रूप दिने प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण