एनसेलद्वारा एनएसएल अफर सार्वजनिक
काठमाडौं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरु पाउँछन् ।
यी दुवै अफरहरू आज बिहीबार (चैत्र २१) बाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहने एनसेलले जनाएको छ ।
एनएसएल डबल डेटा अफरअन्तर्गत, कर सहित रु. ३९९ बाट सुरु हुने सधैं अन रिन्यूअल प्याकहरू ग्राहकहरूले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्दछन् । उदाहरणका लागि, रु. ७९९ को मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरु ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्दछन् ।
यो डबल डेटा बोनस अफर हाल संचालनमा रहेका सबै सधैं अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुने एनसेलको भनाइ छ ।
हाल एनसेलले सधैं अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड यूट्यूब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् । कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ को रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन रु. १,००० का दरले अधिकतम रु. १०,००० सम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् ।
अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ ।
यस अफरअन्तर्गत, रु. ५० मा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । त्यस्तै, रु. १५० मा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्दछन् ।
नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल एनएसएलमा थप रोमाञ्चकता थप्दै संचालनमा ल्याईएका यी अफरहरूले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण