१९७४ एडीको अन्तिम कन्सर्ट शनिवार हुँदै, टिकट इसेवामा उपलब्ध
काठमाडौँ । नेपालको प्रसिद्ध रक ब्यान्ड, १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्न लागेको छ । तीन दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा योगदान पुर्याइरहेको यस ब्यान्डले यही शनिबार राजधानीको ह्यात होटलमा अन्तिम प्रस्तुति दिन लागेको हो ।
कन्सर्टमा परेलीमा, चौबन्दी चोली, र यो मन त मेरो नेपाली हो जस्ता ब्यान्डका चर्चित गीतहरू लाइभ प्रस्तुत गरिनेछ। ब्यान्डले सन् २००२ मा काठमाडौँमा गरेको कन्सर्ट रक यात्रामा करिब ६०,००० दर्शकको उपस्थिति थियो भने सो कन्सर्ट अहिलेसम्म नेपालको इतिहासकै सबैभन्दा ठुलो कन्सर्ट मानिन्छ ।
१९९० मा गठन ब्यान्ड स्थापनाकालदेखि तीन दशकसम्म आइपुग्दा सदाबहार गीतहरूको माध्यमबाट नेपालका विभिन्न पिँडीका संगीतप्रेमीहरूको मन जित्न सफल छ । नेपाली गीत संगीतलाई नयाँ आयाम दिन प्रभावकारी भूमिका खेलेको नेपालको अग्रज ब्यान्ड १९७४ एडीको नेपालमा अन्तिम कन्सर्ट भएकाले पनि यस कन्सर्ट नेपाली संगीतप्रेमीहरूका लागि विशेष र अविस्मरणीयका साथै भावनात्मक पनि बताइएको छ । कार्यक्रमको टिकट इसेवामा उपलब्ध रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण