पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

न्यु ब्रिटेन । पपुवा न्यु गिनीमा शनिबार शक्तिशाली भूकम्प गएको छ । न्यु ब्रिटेन नजिकै गएको पछिल्लो भूकम्प रिक्टर स्केलमा ६.९ मापन गरिएको थियो।
भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी जारी गरिए पनि यो चेतावनी एक घण्टा पछि फिर्ता लिइएको थियो । नेपाली समय अनुसार बिहान १.४५ बजे गएको भूकम्पको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेकोको थियो। यसको केन्द्रबिन्दु किम्बे सहरबाट १९४ किलोमिटर (१२० माइल) पूर्वमा पत्ता लागेको थियो।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पका कारण पपुवा न्यु गिनीको तटीय क्षेत्रका केही भागमा १ देखि ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने चेतावनी दिइएको थियो। न्यू ब्रिटेन टापुमा लगभग ५ लाख मानिसहरू बसोबास गर्छन्।
पपुवा न्यु गिनी प्रशान्त महासागरलाई घेरेको 'रिंग अफ फायर' मा अवस्थित छ, जुन विश्वमा सबैभन्दा धेरै भूकम्पीय र ज्वालामुखी गतिविधि हुने ठाउँ हो। त्यसैले, यस देशमा भूकम्पको खतरा सधैँ रहन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु
-
नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश