पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प
न्यु ब्रिटेन । पपुवा न्यु गिनीमा शनिबार शक्तिशाली भूकम्प गएको छ । न्यु ब्रिटेन नजिकै गएको पछिल्लो भूकम्प रिक्टर स्केलमा ६.९ मापन गरिएको थियो।
भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी जारी गरिए पनि यो चेतावनी एक घण्टा पछि फिर्ता लिइएको थियो । नेपाली समय अनुसार बिहान १.४५ बजे गएको भूकम्पको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेकोको थियो। यसको केन्द्रबिन्दु किम्बे सहरबाट १९४ किलोमिटर (१२० माइल) पूर्वमा पत्ता लागेको थियो।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पका कारण पपुवा न्यु गिनीको तटीय क्षेत्रका केही भागमा १ देखि ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने चेतावनी दिइएको थियो। न्यू ब्रिटेन टापुमा लगभग ५ लाख मानिसहरू बसोबास गर्छन्।
पपुवा न्यु गिनी प्रशान्त महासागरलाई घेरेको 'रिंग अफ फायर' मा अवस्थित छ, जुन विश्वमा सबैभन्दा धेरै भूकम्पीय र ज्वालामुखी गतिविधि हुने ठाउँ हो। त्यसैले, यस देशमा भूकम्पको खतरा सधैँ रहन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण