रवि ओडले गाए ‘बाह्रै महिना, बाह्रै तारिका’
शनिबार, २३ चैत २०८१, १२ : ०९
काठमाडौँ । रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, बावुल गिरीको सङ्गीत गीतमा छ। सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिएकी छन् ।
गीतको भिडियो अमन तामाङले निर्देशन गरेका हुन् । तामाङकै सम्पादन रहेको भिडियोमा निखिल विक, कविता न्यौपाने, सरोज प्रजा, स्मारिका थापा लगायतका कलाकारको अभिनय छ ।
प्रेम भावको गीतमा डान्सिङ शैलीको भिडियो बनेको छ । सपनाहरू सुन्दर हुन्छन् तर वास्तविक खुसी त मायामा नै हुन्छ गीतको थिम छ ।
सुमन गहतराजको छायाङ्कन रहेको भिडियो गायक ओड अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण