दाङका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ, यन्त्रको प्रयोग बढाइँदै
दाङ । दाङका किसानलाई अहिले नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौ खेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् ।
खेतबारीमा काम गर्ने खेताला नपाइने अवस्थामा यन्त्रको सहायताले खेती गर्न सजिलो भएको उनले बताए । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको उनले बताए । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको उनको भनाई छ ।
घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाएका छन् । “खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ”, उनले भने ।
घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए ।
मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण