दाङका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ, यन्त्रको प्रयोग बढाइँदै

दाङ । दाङका किसानलाई अहिले नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौ खेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् ।
खेतबारीमा काम गर्ने खेताला नपाइने अवस्थामा यन्त्रको सहायताले खेती गर्न सजिलो भएको उनले बताए । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको उनले बताए । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको उनको भनाई छ ।
घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाएका छन् । “खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ”, उनले भने ।
घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए ।
मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
१२औँ म्युजिक खबर अवार्डको उत्कृष्ट पाँचमा को–को समेटिए ?
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?