भाजपा नेताकी छोरीमाथि ओछ्यानमै एसिड प्रहार
बेगुसराय । शनिबार राति अपहरणकारीले सुतिरहेकी एक युवतीमाथि एसिड प्रहार गरी घाइते बनाएका छन् ।
यो खबर भारतको बिहारस्थित बेगुसराय बखरी नगरपालिका वडा नम्बर २३ को हो । एसिडले घाइते २४ वर्षीया युवती बखरीनगर भाजपाका पूर्वमण्डल अध्यक्षकी छोरी भएको समाचारमा जनाइएको छ ।
युवतीका बुबाका अनुसार बालिका आफ्नो कोठामा एक्लै सुतिरहेकी थिइन् । झ्यालको छेउमा ओछ्यान थियो । राति करिब २ बजे अज्ञात व्यक्तिले खुला झ्यालबाट युवतीमाथि एसिड प्रहार गरेका थिए । युवती चिच्याएको सुनेर घरका मानिसहरू उठेर हेर्दा त्यतिन्जेलसम्म उनीहरू भागिसकेका थिए ।
घाइते अवस्थामा युवतीलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ । अस्पतालका चिकित्सकका अनुसार उनको अनुहार, दुवै हात, आँखा र घाँटीमा ठुलो असर परेको छ ।
तर उनी खतरामुक्त रहेको डाक्टरहरूले बताइएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ बखरी एसडीपीओ कुन्दन कुमार र प्रहरी चौकी घटनास्थलमा पुगेर सोधपुछ गरेका थिए । साथै एफएसएल र डग स्क्वाडको टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण