१० लाख रुपैयाँ बढीको अबैध कपडासहित गाडी नियन्त्रणमा
बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित आइतबार एक गाडी नियन्त्रणमा लिएको छ ।
बा. प्र. ०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा बिरगंज महानगरपालिका– १६ भुटनदेबि मन्दिर नजिकबाट लोड गरी जितपुर–सिमरातर्फ लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले भन्सार छलीको कपडा र गाडी नियन्त्रणमा लिएको हो ।
गाडिलाइ पिछागर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र गाडी आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
बरामद गाडीको भन्सार दाखिला मुल्य २५ लाख र लत्ताकपडाको मुल्य १० लाख ८ हजार सहित जम्मा भन्सार दाखिला मुल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण