तीनकुनेमा लुटिएको सशस्त्रको ग्यास गन अझै भेटिएन
काठमाडौँ । चैत १५ मा पूर्व राजाको समर्थनमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनमा एक जना युवकले सशस्त्र प्रहरी बलको ग्याँस गन लुटे । अश्रुग्याँस प्रहार गर्न प्रयोग हुने ग्याँस गन लुटेको आरोपमा गोपाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके घर भएका मल्ललाई जिल्ला प्रहरी परिसर काठमाडौँले राज्य विरुद्धको कसुर र सङ्गठित अपराध सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
ग्यास गन सशस्त्र प्रहरीको नम्बर–२१ दक्षिणकाली गणबाट खटिएका सुरक्षाकर्मीको हातबाट प्रदर्शनकारीले लुटेका हुन् । ग्यास गन अहिलेसम्म भेटिएको छैन । गन लुटेको आरोपमा पक्राउ परेका मल्लले प्रहरीसँग भनेका छन्, ‘मेरो हातबाट अरू साथीहरूले हेर्न भनेर खोसेर लिए ।’
आफ्नो हातबाट खोसेपछि भिडमा सो गन कहाँ पुग्यो भन्नेबारे आफूलाई थाहा नभएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । बाँके घर भएर काठमाडौँ बस्दै आएका मल्ल फुटपाथमा आइसक्रिम बेचेर गुजारा चलाउँछन् ।
कागेश्वरी मनोहरामा आईसक्रिम बेच्ने उनी त्यसदिन आफ्नो काम छाडेर पूर्व राजाको समर्थनमा आयोजित प्रदर्शनमा गएको पाइएको छ । ग्याँस गन खोसेकोबारे उनले भनेका छन्, ‘सशस्त्रको हातबाट पनि भुँइमा खसेको थियो, त्यसपछि मैले टिपेको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण