प्रधानमन्त्री ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत भोलि मधेस प्रदेशसभा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि लिएर सभाहलमा कार्पेट लगाउने कामसमेत भइरहेको छ । सोमबार सबै तयारी अन्तिम चरणमा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सभाहलमा कुर्सीको मर्मत सम्भारसहित कार्पेट लगाउने काम भइरहेको छ ।
मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलले बताए । ओली मंगलबार बिहान साढे १० बजे हेलिकप्टरमार्फत जनकपुर आउने सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली जनकपुर विमानस्थलबाट प्रदेशसभामा पुग्ने र सम्बोधनपछि सिरहामा हुने आमसभामा जाने तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण