नेपाल विश्व शान्तिको पक्षमा छ, सामरिक सैन्य गठबन्धनमा सामेल हुँदैनः प्रधानमन्त्री ओली
सोमबार, २५ चैत २०८१, १७ : १३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको सामरिक स्वार्थको सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उनले नेपाल विश्व शान्तिको पक्षमा रहेकाले कसैको लडाइँ झगडामा सामेल नहुने प्रष्ट नीति रहेको बताएका हुन् ।
उनले भूराजनीतिको चपेटामा परेर ठूलाले जे भन्यो त्यही मान्ने पक्षमा नेपाल नरहेको बताए । राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व र जवाफदेखितालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए । उनले नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेकाले दुवै मित्रराष्ट्रसँग बराबरको सम्बन्ध कायम गर्नुपर्ने बताए ।
कोल्टे पर्ने राजनीतिले समस्या निम्त्याउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत-पाकिस्तानबीच आज खास वार्ता
-
ट्रम्पले भने, ‘युक्रेन पुटिनको प्रस्तावमा सहमत हुनुपर्छ’
-
इटालियन सिरी’ए : शीर्ष स्थानको नापोली बराबरीमा रोकिंदा इन्टरलाई फाइदा
-
आजको मौसम : चट्याङसहित वर्षादेखि हावाहुरीको सम्भावना
-
चीनसँग व्यापार सम्झौतामा उल्लेखनीय प्रगति : अमेरिका
-
जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको लेभरकुजन पराजित, बार्यनसँग फराकिलो अन्तर