तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले एक विज्ञप्ति जारी गर्दै थप ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी ६ घर भई ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडौँ महानगरपालिका ३१ बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाको बारबर्दिया २ जोहीगाउँ बस्ने ३४ वर्षीय हेमराज थारु, धादिङको सिद्धलेख गाउँपालिका ४ बस्ने २७ वर्षीय दिवस बोगटी, काभ्रे नमोबुद्ध नगरपालिका १५ की ३० वर्षीय अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ का कुमार तामाङ रहेका छन् ।
उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव लगायतको मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण