चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो

टोकियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अरू अतिरिक्त भन्सार महसुल लगाउने चेतावनी दिएका थिए । तर ट्रम्पको चेतावनी बेअसर देखिएको छ ।
मंगलबार बिहान जापान र दक्षिण कोरियाको सेयर बजारमा थोरै वृद्धि देखिएको छ । सोमबार यी दुवै देशका बजारहरू उच्च गिरावटका साथ बन्द भएका थिए ।
चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता लिएन भने मंगलबारदेखि चीनमाथि अरू अतिरिक्त भन्सार महसुल लगाइनेछ भनेर ट्रम्पले भनेका थिए ।
मंगलबार, जापानमा निक्केई २२५ सूचकांक र दक्षिण कोरियाको कोस्पी सूचकाङ्कमा सोमबारको तुलनामा लगभग २ प्रतिशतले बढेका छन् । अस्ट्रेलियामा एसएन्डपी/एएसएक्स २०० पनि थोरै वृद्धिका साथ खुलेको थियो ।
चीनमा सांघाई कम्पोजिट इन्डेक्स शून्य दशमलव ७२ प्रतिशतले बढेको थियो । हङकङमा हाङ्सेङ पनि २ दशमलव शून्य ८ प्रतिशत माथि उक्लिएको थियो । भारतमा पनि निफ्टी १ दशमलव १० प्रतिशतले बढेको थियो ।
सोमबार ट्यारिफ सम्बन्धी ट्रम्पको अभिव्यक्तिको प्रभावले विश्वभरका सेयर बजार राताम्मे बनेका थिए । एसिया र युरोपका बजारहरूले ठुलो कमी बेहोरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
-
स्वास्थ्यमन्त्रीको चेतावनी : आठौँ तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुनसक्छ
-
मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ : महासचिव गुरुङ
-
३४ अंकले घट्दा कारोबारमा सुधार, यी दुई कारणले सेयर बजार ‘साइडवेज’मै
-
परोपकार पुलमुनीको हत्या घटनामा संलग्न आरोपमा आशिष श्रेष्ठ पक्राउ