सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
आज जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय सङ्गठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिए । उनले बैठकमा नेपाली कांग्रेसको भविष्यमा सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताए । ।
“नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,” नेता निधिले भने । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेकोे बताए ।
उनले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरे ।
प्रदेशसभा सदस्य रामसरोज यादवले मधेस प्रदेशका विभिन्न विकास योजनाको प्रगति र सम्भावनाका बारेमा आफ्ना विचार व्यक्त गरे ।
बैठकमा कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुँवरकान्त झाले पार्टीको क्षेत्रीय विकास योजनामा सक्रियता र प्रभावकारिता थप बढाउनुपर्नेमा जोड दिए । बैठकमा सहभागी नेताहरूले आगामी स्थानीय, प्रदेश र सङ्घीय चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्नेमा सहमति जनाएका छन् ।
बैठकमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री यादव, पूर्वमन्त्री र मधेस प्रदेशसभा सदस्य, कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक झा, जिल्ला अध्यक्ष योगेन्द्र पञ्जियार, जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति एवं नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहलगायत क्षेत्रीय, जिल्ला तथा नगरका नेताहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण