रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
मङ्गलबार, २६ चैत २०८१, १४ : ५९
काठमाडौं । राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले रावणहरुको शासन बढेको भन्दै त्यसले देशलाई कमजोर बनाइरहेको बताएका छन् ।
राप्रपाले काठमााडौंको बल्खुमा गरेको विरोध सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका लोहनीले रावण प्रवृत्तिको विरोध गर्नुपरेको बताए ।
‘नेपालमा अहिले रावणहरुको शासन छ । रावण भनेको के हो ? रावण भनेको अहंकार र अरुको चिज मेरो भन्ने घमण्ड र सर्वसाधारणलाई उपेक्षा गर्ने प्रवृत्ति हो’, उनले भने, ‘रावण प्रवृत्तिका जोजो राजनीतिज्ञहरु छन् उनीहरु यो राज्यको सम्पत्ति र ढुकुटीमा हामीले जे गरेपनि हुन्छ भन्छन् । जसले देशलाई कमजोर बनाइरहेको छ । त्यसैले यो रावण प्रवृत्तिलाई मास्नुपर्छ ।’
डा. लोहनीले देश बचाउन संविधानभित्र राजालाई समेत स्थान दिनुपर्ने भन्दै त्यसैका लागि राप्रपाले आन्दोलन गरिरहेकाले साथ दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण