कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना
बुटवल । बुटवलको सुपिम सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासनले दिउँसो ३ बजेपछि अस्पताल लगेको जनाएको छ ।
भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा स्वास्थ चेकजाँच गरी उनलाई अस्पतालमा राखिएको छ । तर के समस्या भएको भन्नेबारे केही खुलाएको छैन ।
भैरहवा कारागार प्रशासन सुरेश भण्डारीलाई सम्पर्क गर्न गर्न खोज्दा मोबाइल अफ रहेको पाइयो । अस्पताल सूचना अधिकारी सुशील गुरुङलाई पनि पटकपटक फोन गर्दा पनि उठेन ।
रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिह राठौरले जोशीलाई प्रहरीले अस्पतालमा सुरक्षा दिएको रातोपाटीलाई जानकारी दिए । उनले उपचार तथा अन्य विषायमा कारागार प्रशासनलाई थाहा हुने बताए।
जोशी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको बुझिएको छ ।
बुटवलको सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशपछि तीन महिनादेखि जोशी भैरहवा कारागार छन् । उनीमाथि सहकारी रकम लगेर गोर्खा मिडियामा लगानी तथा व्यक्तिगत रूपमा रकम प्रयोग गरेको अभियोग छ । सोही प्रकरणमा हिजो मात्रै पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि सोही कारागारमा थुनामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण