पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
रुपन्देही । बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासनले मंगलबार दिउँसो ३ बजेपछि अस्पताल लगेको थियो ।
स्वास्थ्यमा समस्या आएपछि जोशीलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । कलेजका सूचना अधिकारी सुशील गुरुङले उनलाई प्राध्यापक डा सन्दीप सुवेदीको टोलीले हेरिरहेकाे राताेपाटीलाई बताए ।
जोशीको प्रेसर बढ्ने, शरीरमा चिडचिडाहट हुने लगायत समस्या देखिएका छन्। जोशी अहिले अस्पतालको क्याबिनमा बसेका छन् ।
उनी अझैसम्म १/२ दिन डाक्टरको निगरानीमा नै रहने गुरुङले बताए। यस्तै जोशीको अन्य रोगहरूको पनि चेकजाँच भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले थुनामा राख्ने आदेशसँगै जोशी विगतमा ३ महिनादेखि भैरहवा कारागार रहेका छन् । जोशीले पहिलेदेखि नियमित औषधि सेवन गर्दै आएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण