पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?

रुपन्देही । बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासनले मंगलबार दिउँसो ३ बजेपछि अस्पताल लगेको थियो ।
स्वास्थ्यमा समस्या आएपछि जोशीलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । कलेजका सूचना अधिकारी सुशील गुरुङले उनलाई प्राध्यापक डा सन्दीप सुवेदीको टोलीले हेरिरहेकाे राताेपाटीलाई बताए ।
जोशीको प्रेसर बढ्ने, शरीरमा चिडचिडाहट हुने लगायत समस्या देखिएका छन्। जोशी अहिले अस्पतालको क्याबिनमा बसेका छन् ।
उनी अझैसम्म १/२ दिन डाक्टरको निगरानीमा नै रहने गुरुङले बताए। यस्तै जोशीको अन्य रोगहरूको पनि चेकजाँच भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले थुनामा राख्ने आदेशसँगै जोशी विगतमा ३ महिनादेखि भैरहवा कारागार रहेका छन् । जोशीले पहिलेदेखि नियमित औषधि सेवन गर्दै आएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’