चार देशीय टी–२० शृङ्खला : नेपालसामु जितका लागि १ सय ५२ रनको लक्ष्य
बुधबार, २७ चैत २०८१, ०८ : २०
हङकङ । चार देशीय टी–२० शृङ्खलाको पहिलो खेलमा कतारले नेपाल सामु जितका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको हो ।
कतारका लागि कप्तान इक्रामुल्लाह खानले अर्धशतकीय इनिङ्स खेले । उनले ५४ बलमा समान ५४ रन जोडे । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
विकेटकिपर सहजैब जमिलले २१ बलमा ३१ रनको योगदान दिए । उनले ४ छक्का हिर्काए । ओपनर अरुमुगागणेश नागाराजनले १३ रन बनाए । खेलको अन्त्यतरि मुजिब उर रहमानले २० तथा मोहमद इर्सादले १८ रन जोडे ।
नेपालका लागि करन केसी, सोमपाल कामी, गुल्सन झा, नन्दन यादव र ललित राजवंशीले १–१ विकेट लिए ।
शृङ्खलामा नेपाल र कतारसँगै आयोजक हङकङ र कुवेत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण