काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । उनीहरू ८ दिनदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेका हुन् ।
_VZGPOjsGw9.jpg)
सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै मंगलबार उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका थिए ।
_GNLUgcDo3a.jpg)
काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।
_8k9eYva5fE.jpg)
उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।
_VY8p85jOu7.jpg)
महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए ।
_dFNXiMZwjD.jpg)
_dN9JKn2TwG.jpg)
_xPApXgP1xA.jpg)
_pdBbnxJZ7J.jpg)
_HJ1GAQkWxH.jpg)
_RVo4KQ8Qhe.jpg)
_xc8vsAk9uY.jpg)
_rqMVLHNiE5.jpg)
_LQkAPW4qtP.jpg)
_wrJW1vtUbd.jpg)
_qrTn0KIHVj.jpg)
_V6irzGNutb.jpg)
_IFtuRAXqR7.jpg)
_WgejvzbHPQ.jpg)
_rUEQ8f4P2D.jpg)
प्रतिक्रिया