आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ ।
बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू आवको सोही अवधिमा ८ अर्ब रुपैयाँ बढी रकम विदेश पुगेको छ।
चालू आर्थिक वर्षको ८ महिनामा ८८ अर्ब ९८ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब १८ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।
खुद सेवा आय ।७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको थियो।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भई ५६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ६९ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २०.६ प्रतिशतले वृद्धि भई रु.१४८ अर्ब ११ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ८८ अर्ब ९८ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १२२ अर्ब ८१ करोड रहेकोमा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण