‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु
बुधबार, २७ चैत २०८१, १८ : २९
काठमाडौं । फिल्म ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित भएका छन । फिल्मको मुख्य भुमिकामा नेपाल भित्रिएका हुन् । कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेका हुन् । फिल्मको प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ रहेका छन् ।
बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मे सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई फिल्मले प्रस्तुत गर्ने निर्देशक बस्नेतले बताए ।
फिल्ममा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ । धनकुटामा छायांकन हुने यो चलचित्र लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण