पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लालाई लागु औषध सेवनको महारोगबाट बचाउन सबै जनालाई आग्रह गरे ।
उनका अनुसार पर्सा जिल्ला लागु औषध कारोबारको ट्रान्जिट हब बनेसँगै सेवनकर्ताको समस्या पनि विकरालरुप लिँदै गइरहेको छ । पछिल्लो समय कम उमेरमै लागुऔषधको सेवन बढी गरिरहेको तथ्याङ्क पाइएको सिडिओ अर्यालले खुलासा गरे ।
त्यही कारण नयाँ पुस्ताका युवालाई लागु औषधको सेवनबाट बचाउनका लागि पर्सा जिल्लामा यो अभियान थालनी गरिएको उनले प्रस्ट्याए । उनका अनुसार यस्तो अभियान एक्लैले सार्थक नहुने भएकाले यसमा सबैको सहकार्यको आवश्यकता रहेको छ । कार्यक्रममा बोल्दै सिडिओ अर्यालले अब पालिकाको बजेट बनाउँदा आ–आफ्नो पालिकामा लागु औषध समस्या सम्बोधनका लागि बजेट राख्न मेयर र उपमेयरलाई अनुरोध गरे ।
कार्यक्रममा सहभागी वीरगन्ज महानगरका मेयर राजेशमान सिंहसहित सबै पालिका प्रमुखहरूले जिल्ला प्रशासन कार्यालयले थालनी गरेको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आर्थिक मद्दतदेखि लिएर अन्य नीतिगत पनि सहयोग पालिका प्रमुखहरूले लिखितरुपमा प्रतिबद्धता जनाएका छन् ।
उद्घाटन सत्रमा जिल्ला प्रहरी कार्यालयले पर्सा लागु औषध कारोबारको हब बन्दै गएको तथ्याङ्क प्रस्तुत गरेको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले लागुऔषध सेवन तथा कारोबारको अवस्थाबारे विवरण प्रस्तुत गर्दै पछिल्लो समय तीनवटा पालिका बढी लागु औषधको चपेटामा परेको प्रस्ट्याएका थिए ।
पटेर्वासुगौली, जगरनाथपुर र ठोरी गाउँपालिका पछिल्लो समय लागुऔषध सेवनकर्ता र ट्रान्जिटको हब बनेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । प्रहरीका अनुसार पर्सामा यो वर्ष मात्रै पर्सामा लागु औषधका २२० वटा मुद्दा भएका दर्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण