डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते
धनगढी । डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा परेको चट्याङले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो राति चट्याङ लागेर सोही स्थानका लहरी नागरीकी श्रीमती ४० वर्षीय कमला नागरीको मृत्यु भएको हो।
चट्याङको सो घटनामा मृतक कमलाका छोराछोरीहरू तारा, अविशेक, अबि, र ३ महिनाका शंकर नागरी घाइते भएका छन्। तारा र अविशेकको टाउको जलेको अवस्थामा रहेको छ भने अबि र शंकरको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, नवराज नागरीकी श्रीमती तारा नागरी, ८० वर्षीय काली दमाई र भिम नागरीकी छोरी खुशी नागरी पनि घाइते भएका छन्। कसैको हातमा चोट लागेको छ भने कसैको कपाल जलेको जनाइएको छ।
घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी तुरुन्तै उपचारमा लगिएको हो।स्थानीयहरूले घटनाले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत तथा सहयोगको माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण