जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी
बिहीबार, २८ चैत २०८१, १० : ०२
कैलाली । स्ववियु निर्वाचनमा जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङमा अध्यक्ष पदमा अनेरास्ववियुका तिलक चन्द्र बोहरा १२५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक बहादुर बोहराले १२२ मत प्राप्त गरे। अखिल क्रान्तिकारीका माजबहादुर धामीले ५९ मत प्राप्त गरे। अखिल समाजवादीका प्रविनबहादुर महरले २ मत मात्रै ल्याए।
यस्तै सचिव पदमा नेविसंघका लोकेशराज जोशीले १२२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अञ्जना कामी ९३ र अनेरास्ववियुका ८९ मत ल्याए।
यस्तै कोषाअध्यक्षमा नेविसंघकि स्मृति कुमारी सिंह १३२ मत ल्याउदै विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियु शारदा बोहरा ९९ र अखिल क्रान्तिकारीका रमा कुमारी जोशीले ७० मत ल्याए। सदस्यमा नेविसंघका उम्मेदवारहरू विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण