नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति
काठमाडौँ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित द क्लिफमा नयाँ वर्षको अवसरमा गायिका रचना रिमाल सांगीतिक प्रस्तुति दिने भएकी छन् । नयाँ वर्ष मनाउन क्लिफ पुग्नेहरुले रिमालको सांगीतिक प्रस्तुतिसँगै रमाउन पाउने भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
नयाँ वर्षको अवसरमा क्लिफले क्याफे, मेगाट्रोलमा २० प्रतिशत छुट उपलब्ध गराइएको छ भने रिसोर्टमा रुम बुक गर्दा एउटा साहसिक पर्यटकीय गतिविधि नि:शुल्क उपलब्ध गराइएको छ ।
साथै गायिका रिमालले पनि सामाजिक सञ्जालमार्फत नयाँ वर्षको अघिल्लो दिन अर्थात् यही चैत ३१ गते आफूले क्लिफमा प्रस्तुति दिन लागेको जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेकी छन् । रिमाल पछिल्लो समय चर्चित कलाकारहरूमध्येमा पर्छिन् ।
विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काइ साइकलिङ र मेगाट्रोललगायतका साहसिक पर्यटकीय गतिविधिका साथै द क्लिफले सुविधासम्पन्न रिसोर्टको सुविधा पनि उपलब्ध गराइरहेको छ । द क्लिफमा कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै विभिन्न साहसिक पर्यटकीय गतिविधि गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण