शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब

बिहीबार, २८ चैत २०८१, १३ : २२
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स विश्वकै उत्कृष्ट क्लबमध्ये ४४ औँ स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५  का लागि सय उत्कृष्ट क्लब क्याम्पेनमा एलओडी ४४ औँ स्थानमा परेको हो ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। यसमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब सहभागी थिए। एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औँ स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भूपेन कुँवरले बताए। उनका अनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी  थिए।

‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय  हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’

सय वटा उत्कृष्ट क्लबमा एलओडी पर्दा विश्वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ। विश्वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले  रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।

मनोरञ्जन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप