शिक्षक आदोलन
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल
बिहीबार, २८ चैत २०८१, १४ : २६
काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच सहमतिको आधार तयार गर्न आज प्रारम्भिक छलफल हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो ।
यसअघि पटक–पटक बोलाउँदा पनि महासङ्घ वार्तामा गएको थिएन । ‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौँ,’ शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
सहमतिका लागि वार्तामा बस्न आवश्यक आधारबारे प्रारम्भिक छलफलका लागि सरकारले बोलाएको सुवेदीको भनाइ छ । उनका अनुसार महासङ्घका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली छलफलमा सहभागी हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण