बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ‘खुसीको मिटर’ अभियान सार्वजनिक गरेको छ । यो अभियानले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् ।
बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ ।
अभियानको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि सोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको “खुसीको मिटर” रोकेर रु। १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण